काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दलिततर्फको मतगणनामा सहमहामन्त्रीमा प्रकाश रसाईली स्नेही, दलित महिला केन्द्रीय सदस्यमा सीता मिजार र दलित खुला केन्द्रीय सदस्यमा डा. डिबी सुनारले अग्रता लिएका छन् ।
पछिल्लो मतपरिणामअनुसार २ हजार ४ सय मत गणना हुँदा सहमहामन्त्रीका उम्मेदवार स्नेहीले १ हजार ६ सय ५१ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी मानबहादुर नेपालीले ४ सय ३ र नरेन्द्र पासवानले २ सय ७० मत पाएका छन्। एक पदका लागि तीन जनाबीच प्रतिस्पर्धा भइरहँदा स्नेहीले निकटतम प्रतिस्पर्धी नेपालीभन्दा १ हजार २ सय ४८ मतको अग्रता बनाएका छन्।
दलित महिला सदस्यमा सीता मिजारको अग्रता
दलित महिलातर्फ पाँच केन्द्रीय सदस्य पदका लागि १६ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। २ हजार ४ सय मत गणना हुँदा सीता मिजारले १ हजार ४९ मतसहित अग्रता लिएकी छन्।
शान्ती परियार (वि.क.) ८ सय ५२ मतसहित दोस्रो स्थानमा छिन्। रुपा वि.क.ले ७ सय ९८, कमला नेपालीले ७ सय ६२ र छायाँ सुनारले ६ सय ३९ मत प्राप्त गरेका छन्। प्रारम्भिक मतपरिणाममा यी पाँच उम्मेदवार अगाडि देखिएका छन्।
अन्य उम्मेदवारमध्ये देविका नेपाली घिमिरेले ५ सय २०, पवित्रा वि.क.ले ४ सय ८९, सुना परियारले ४ सय ७४, चन्द्रकला वि.क.ले ४ सय ४५ र टिका कुमारी बस्यालले ४ सय ७ मत पाएका छन्।
त्यसैगरी, मनमाया विश्वकर्माले ४ सय १, मैना वि.क.ले ३ सय ८७, ललिता सुनारले ३ सय ६९, दिलमायाँ पौ.बी.ले ३ सय २३, लिला नेपालीले २ सय ९८ र ललिता सुनार (विद्या)ले २ सय ९७ मत प्राप्त गरेकी छन्।
दलित खुलामा डा. डिबी सुनारको फराकिलो अग्रता
दलित खुलातर्फ आठ केन्द्रीय सदस्य पदका लागि ३२ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। २ हजार ४ सय मत गणना हुँदा डा. डिबी सुनारले १ हजार २ सय ९७ मत प्राप्त गर्दै अग्रता लिएका छन्। उनका निकटतम प्रतिस्पर्धी सागर परियारले ८ सय ३४ मत पाएका छन्। सुनार र परियारबीच ४ सय ६३ मतको अन्तर छ।
खुलातर्फ हरिशरण नेपालीले ७ सय ८१, मन्जित ताम्राकारले ६ सय ४८ र शिवबहादुर सुनारले ६ सय ४४ मत प्राप्त गरेका छन्। अम्मरबहादुर बराईलीले ५ सय ८२, राजु परियारले ५ सय ६९ र दीपक सोनीले ५ सय ५७ मत पाएका छन्।
त्यस्तै, दिनेश सुनारले ५ सय २६, ईश्वरबहादुर परियारले ५ सय २० र मनबहादुर विश्वकर्माले ५ सय १ मत प्राप्त गरेका छन्। चक्रबहादुर नेपालीले ४ सय ७७, मैकुलाल बाल्मिकिले ४ सय ७६, सूर्यबहादुर वि.क.ले ४ सय ५२, रमेश वि.क.ले ४ सय ३२, श्यामकुमार मौरतीले ४ सय १९ र रमेश ताम्राकारले ४ सय ११ मत पाएका छन्।
अन्य उम्मेदवारमध्ये धनबहादुर रसाईलीले ३ सय ५६, मुक्तबहादुर महतेले ३ सय ४१, सन्जु सिंह विश्वकर्माले ३ सय ३१, निरबहादुर विश्वकर्मा (विमल धमला)ले ३ सय २६, बाबुराम विश्वकर्माले ३ सय २४ र दिलबहादुर विश्वकर्माले ३ सय २० मत प्राप्त गरेका छन्।
रामु नेपालीले २ सय ८५, गोवर्द्धन कोलीले २ सय ७९, भिउसिन दमैले २ सय ७५, वीरबहादुर विश्वकर्मा (कमल)ले २ सय ७३, डम्बरबहादुर गोल्डस्मिथले २ सय ६४, रामकुमार नेपालीले २ सय ५८, लोकेन्द्रबहादुर वि.क.ले २ सय ५६, रोहित विश्वकर्माले २ सय ५१ र जबरबहादुर वि.क.ले २ सय ४२ मत पाएका छन्।
दलित खुलातर्फ डा. डिबी सुनारले फराकिलो अग्रता बनाएका छन्। आठ पदका लागि भइरहेको प्रतिस्पर्धामा सागर परियार, हरिशरण नेपाली, मन्जित ताम्राकार, शिवबहादुर सुनार, अम्मरबहादुर बराईली, राजु परियार र दीपक सोनीले पनि उल्लेख्य मत प्राप्त गरेका छन्।
दलिततर्फको मतगणना जारी रहेकाले यी परिणाम प्रारम्भिक हुन्। अन्तिम मतपरिणाम सार्वजनिक भएपछि मात्र निर्वाचित उम्मेदवारको टुंगो लाग्नेछ।