मनकामना इन्जिनियरिङ हाइड्रोको ४ लाख ६० हजार कित्ता सेयर बिक्रीमा

काठमाडौं । मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडका आधारभूत सेयरधनी रामप्रसाद तिमल्सिनाले आफ्नो नाममा रहेको ४ लाख ६० हजार २०८ कित्ता सेयर बिक्री गर्ने भएका छन् ।

कम्पनीका अनुसार तिमल्सिनाले आगामी तीन महिनाभित्र उक्त सेयर बिक्री गर्ने मनसायसहितको निवेदन दिएका छन् । उनको निवेदन कम्पनीमा असोज २२ गते प्राप्त भएको हो ।

नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार आधारभूत सेयरधनीले आफूले धारण गरेको ५ प्रतिशत वा सोभन्दा बढी सेयर बिक्री गर्नुअघि १५ दिन अगावै जानकारी गराउनुपर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार कम्पनीले सेयर बिक्री गर्ने मनसायसम्बन्धी जानकारी नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई गराएको हो ।  

तिमल्सिनाले बिक्री गर्न लागेको सेयरको मूल्य र बिक्रीको अन्तिम मिति भने सूचनामा खुलाइएको छैन । 

Share News