बदलिँदो थेगो र ट्रेन्ड : हिजो मानिस भरिया, आज प्रविधि

कुनै समय थेगो स्थापित हुन वर्षौं लाग्थ्यो भने आज सामाजिक सञ्जालका कारण केही दिनमै स्थापित हुन्छ ।

तपाईंलाई बाल्यकालका फेशन र बोलीका लवजबारेमा कत्तिको सम्झना छ ?  धेरै पनि होइन, तपाईं ५० को दशकअघिको मात्र हुनुहुन्छ भने पनि बेलीवटम र प्यारेलाल पेन्ट, १० नम्बर लेखेको जालीदार गन्जी र हाफ कट्टु, जुटको रंगीबिरंगी जालीरुमाल, बेल्टमा साइकलको फ्रेबिल, सर्टमा कपडाका स्टिकरजस्ता फेशनसँग पक्कै पनि परिचित हुनुहुन्छ । 

अनि तपाईंतिरका गाउँमा तुसारो पर्यो, आगै बाल्योजस्ता थेगो पनि पक्कै मुखमा झुण्डिए होलान् । अनि ‘एचए याम्ब्रा बीएआबा’ (हाम्रा बा) टाइपको नेपाङ्ग्रेजी भाषा पनि बोल्नु भयो कि नाई ? कहिले अगाडि त कहिले पछाडि झ्याप्ले कपाल पाल्ने फेशन त झन् बिर्सने कुरै भएन । 

अहिले जस्तो रंगीन टेलिभिजन आममानिसको पहुँचमा थिएन । सोसल प्लेटफर्म त कल्पनाको कुरा भयो । इन्टरनेट पनि थिएन । त्यसबेला यस्तो फेशन र थेगो संसारका गाउँगाउँसम्म पुग्न कति दिन, महिना वा वर्ष लाग्थ्यो होला ? कति मानिस यस्तो थेगो र फेशनका भरिया हुन्थे होलान् ? कल्पना गर्दा पनि आश्चर्यजस्तो लाग्छ ।

हिजो मानिसहरू किनमेल गर्न वा चाडबाड मनाउन टाढा–टाढाबाट एउटै केन्द्रमा जम्मा हुन्थे । त्यहाँ व्यापारका क्रममा साटासाट हुने नयाँ शब्द वा थेगोहरू मानिसहरूले आफ्नो गाउँघरमा लिएर फर्कन्थे । गाउँका चौतारी वा बैठकहरूमा हुने गफगाफबाट नयाँ शब्द वा थेगोहरू स्थानीय रूपमा लोकप्रिय हुन्थे । गाइनेजस्ता घुमन्ते गायक र सडक नाटक देखाउने टोलीहरू एउटा गाउँबाट अर्को गाउँ पुग्थे । 

त्यसबेला अधिकांश मानिसहरू जीविकोपार्जनका लागि वा यात्रा गर्दा नाम्लो र डोकोमा भारी बोक्थे । आजमानिसको काँध वा खल्तीमा स्मार्टफोन, ल्यापटप, ट्याब्लेट, स्मार्टवाच जस्ता प्रविधिको भारी छ । 

आजभोलि प्रविधि आफैमा एउटा ठूलो फेशन स्टेटमेन्ट बनेको छ । कानमा ‘एयरपड्स’ झुन्ड्याउनु, हातमा ‘स्मार्टवाच’ बाँध्नु वा खल्तीमा महँगो आइफोन बोक्नु आधुनिक फेशनको अनिवार्य हिस्साजस्तो बनिसकेको छ । 

प्रविधिको प्रभावले कपडाको फेशन पनि बदलेको छ । अचेल खुकुलो पेन्ट, ज्याकेट र धेरै खल्ती भएका ‘कार्गो !’ कपडाहरू ट्रेन्डिङमा छन् । यसको एउटा मुख्य कारण मोबाइल, पावरबैंक, तार जस्ता धेरै ग्याजेटहरू बोक्न सजिलो होस् भन्ने पनि हो । 

कतिपय फेसन ब्रान्डहरूले ठूला–ठूला ब्याकप्याक वा कम्मरमा बाँध्ने ब्यागहरूलाई यसरी डिजाइन गरिरहेका छन्, जसले विगतका भरिया वा यात्रीहरूको झल्को दिन्छ । 

तर, अहिले त्यसमा अत्यावश्यक सामलतुमल होइन, आधुनिक ग्याजेटहरू कोचिएका हुन्छन् । यसलाई अर्को अर्थमा भन्दा पहिले जुन शारीरिक श्रम मानिसले भारी बोकेर गर्थे, अहिले त्यो भारी एआई, मेसिन, रोबोटिक्स र सफ्टवेयर जस्तो प्रविधिले बोकिदिएको छ । मानिसहरू शारीरिक रूपमा हलुका भएका छन् र प्रविधिलाई आफ्नो ‘भरिया’ बनाएका छन् ।

हिजो मानिसहरू किनमेल गर्न वा चाडबाड मनाउन टाढा–टाढाबाट एउटै केन्द्रमा जम्मा हुन्थे । त्यहाँ व्यापारका क्रममा साटासाट हुने नयाँ शब्द वा थेगोहरू मानिसहरूले आफ्नो गाउँघरमा लिएर फर्कन्थे । गाउँका चौतारी वा बैठकहरूमा हुने गफगाफबाट नयाँ शब्द वा थेगोहरू स्थानीय रूपमा लोकप्रिय हुन्थे । गाइनेजस्ता घुमन्ते गायक र सडक नाटक देखाउने टोलीहरू एउटा गाउँबाट अर्को गाउँ पुग्थे । 

अहिले पो मानिसको हातमा स्मार्टफोन छ, जसले संसारभरिको ज्ञान, सञ्चार र प्रविधिलाई बोकेको छ । अनि फेशन, लवज, थेगो सबै यसैको बुइ चढेर संसारभर एक निमेषमा पुग्न थालेका छन् । मानिसले सम्झनुपर्ने काम ‘रिमाइन्डर’ ले बोक्छ, हिसाब–किताब ‘क्यालकुलेटर’ले बोक्छ, र सिर्जनशीलताका पाटाहरू कृत्रिम बौद्धिकता (एआई) ले बोक्न थालेको छ । 

उनीहरूले प्रयोग गर्ने रोमान्चक संवाद वा गीतका टुक्काहरू मानिसहरूको जिब्रोमा थेगो बनेर झुण्डिन्थे ।

गोठ सार्दा, मेलापात जाँदा वा सामान ओसारपसार गर्दा मानिसहरूबीच हुने अन्तरक्रियाले नयाँ पहिरनको शैली र बोलीचाली विस्तार गर्थ्यो । धार्मिक स्थलहरूको भ्रमण गर्ने तीर्थयात्री वा गाउँ–गाउँ घुम्ने जोगीहरूले टाढाको भूगोलको माला, कपडाको रङ वा शैली जस्ता फेशन र नयाँ शब्दहरू गाउँमा भित्र्याउँथे । 

युद्ध वा लाहुरबाट फर्केका सिपाहीहरूले विदेशी कपडा, जुत्ता, घडी र नयाँ ‘लवज’ लिएर आउँथे । उनीहरूलाई देखेर गाउँका अन्य मानिसहरूले पनि त्यस्तै शैली पछ्याउन थाल्थे।

पछि विस्तारै रेडियोको सुरुवात भयो । रेडियो नाटक वा समाचार प्रस्तोताको बोल्ने शैली र थेगोहरू घर–घरमा पुग्न थाले । पत्रपत्रिका आए पछि त्यसमा छापिने तस्बिरहरू हेरेर मानिसहरूले नयाँ फेशनको बारेमा थाहा पाउँथे । 

सिनेमा हल फैलिन थालेपछि सहरमा भित्रिएका हिन्दी वा नेपाली चलचित्रका नायक–नायिकाहरूको लुगा लगाउने तरिका र उनीहरूले बोलेका चर्चित संवादहरू युवापुस्ताले तुरुन्तै ‘कपी’ गर्थे ।

पढ्न वा काम गर्न गाउँबाट शहर गएका मानिसहरू फर्किँदा नयाँ फेशनका कपडामा ठाँटिएर फर्कन्थे । गाउँका लुगा सिउने दर्जीहरूले सहरमा कस्तो फेशन चलेको छ भनेर बुझ्न सहरका पसलहरू चहार्ने वा पत्रिकाका स्केचहरू हेर्ने गर्थे । उनीहरूले पनि गाउँमा नयाँ डिजाइनका कपडाहरू भित्र्याई दिन्थे । 

मान्छेले सुविधा थप्दै जाँदा आफ्नो सिर्जना र मौलिक अस्तित्व घटाउँदै लगेजस्तो आभास हुन थालेको छ । समय, समाज अनि मानिसको रहनसहन बदलिएको छ । सँगसँगै फेसन, बोलीचाली र अभिव्यक्तिको शैली पनि बदलिएको छ ।

यसरी पहिलेको फेशन र थेगो ‘मान्छेबाट मान्छेमा’ र प्रत्यक्ष आँखाको देखभेटबाट बिस्तारै फैलने गथ्र्यो, जसमा समय पनि लामै लाग्थ्यो र धेरै लामो समयसम्म टिकिरहन्थ्यो पनि । अचेलको फेशन क्लिक वा स्क्रोलका भरमा फैलिन्छ अनि उसै गरी बिजुली गतिमा हराउन थालेको छ ।

त्यो समय मानिसहरू भारी बोक्थे, डोको–नाम्लो बोक्थे र एक ठाउँबाट अर्को ठाउँमा सन्देश पुर्याउन आफै हिँडेर जान्थे । गाडी पनि सबै ठाउँमा पुगेको थिएन । जहाज त झन् निकै कम मानिसको गच्छेमा थियो । मानिसको काँध र मस्तिष्कले जिम्मेवारीको दोहोरो भारी बोक्नुपर्थ्यो । भाषा, लवज, थेगो, फेशन, मानिससँगै यात्रा गर्थ्यो ।

अहिले पो मानिसको हातमा स्मार्टफोन छ, जसले संसारभरिको ज्ञान, सञ्चार र प्रविधिलाई बोकेको छ । अनि फेशन, लवज, थेगो सबै यसैको बुइ चढेर संसारभर एक निमेषमा पुग्न थालेका छन् । मानिसले सम्झनुपर्ने काम ‘रिमाइन्डर’ ले बोक्छ, हिसाब–किताब ‘क्यालकुलेटर’ले बोक्छ, र सिर्जनशीलताका पाटाहरू कृत्रिम बौद्धिकता (एआई) ले बोक्न थालेको छ । 

मान्छेले सुविधा थप्दै जाँदा आफ्नो सिर्जना र मौलिक अस्तित्व घटाउँदै लगेजस्तो आभास हुन थालेको छ । समय, समाज अनि मानिसको रहनसहन बदलिएको छ । सँगसँगै फेसन, बोलीचाली र अभिव्यक्तिको शैली पनि बदलिएको छ ।
 
त्यो समय, जब गाउँघरमा कसैले नयाँ फेसनको लुगा लगायो, नयाँ शैलीको कपाल काट्यो वा बोलीमा कुनै नयाँ टुक्का प्रयोग गर्यो भने त्यो कुरा विस्तारै चर्चाको विषय बन्थ्यो । मेलापात, हाटबजार, चियापसल, विवाह, भोजभतेर र यात्राका क्रममा मानिसले त्यस्ता कुरा एक ठाउँबाट अर्को ठाउँ पुर्याउँथे । एउटा गाउँमा चलेको थेगो अर्को गाउँ पुग्थ्यो, एउटा सहरको फेसन अर्को सहरमा नक्कल गरिन्थ्यो।

मानिस नै सूचना, शैली र संस्कृतिका जीवित वाहक थिए । कसैले एउटा रमाइलो वाक्य बोल्यो भने अर्कोले टिपिहाल्थ्यो । कसैले नयाँ टुक्का निकाल्यो भने साथीभाइको जमघटमा त्यसले ठाउँ पाइहाल्थ्यो । समय बित्दै जाँदा त्यही टुक्का गाउँको पहिचान बन्थ्यो, कहिलेकाहीँ पुस्तौंसम्म चल्यो । त्यसबेला न इन्टरनेट थियो, न फेसबुक, न टिकटक । पहिले मानिसको मुखबाट थेगो फैलिन्थ्यो, अहिले मोबाइलको स्क्रिनबाट ‘ट्रेन्ड’ फैलिन्छ ।

कसैले रमाइलो संवाद बोल्छ, कसैले छोटो भिडियो बनाउँछ, कसैले नयाँ नाँच देखाउँछ । केही समयमै त्यही सामग्री हजारौं, लाखौं मानिससम्म पुग्न सक्छ । एउटा ठाउँमा जन्मिएको शब्द वा शैली भौगोलिक सीमाभन्दा धेरै टाढा पुग्छ । ‘भाइरल’ वा ‘ट्रेन्डिङ’ हुन्छ । सामाजिक सञ्जालले स्थानीय अभिव्यक्तिलाई विश्वव्यापी चर्चामा पुर्याउँछ । 

पहिले कसैले नयाँ थेगो सिक्न अर्को गाउँ जानुपर्थ्यो, अहिले एउटा रिल हेरे पुग्छ । पहिले फेसनको नक्कल गर्न कसैको पहिरन देख्नुपर्थ्यो, अहिले स्क्रिनमा स्वाइप गरे पुग्छ । पहिले रमाइलो तुक्का साथीभाइको मुखबाट फैलिन्थ्यो, अहिले त्यही टुक्का मिम, भिडियो र ह्यासट्याग बनेर फैलिन्छ ।

हिजो मानिसले बोकेर पुर्याउने चल्तीका शब्द अहिले ‘ट्रेन्डिङ’ कहलिन्छन् । पहिले चर्चामा आएको फेसनलाई अहिले ‘भाइरल’ भनिन्छ । पहिले सबैले दोहोर्याउने टुक्कालाई अहिले ‘क्याचफ्रेज’ले बुुझिन्छ । पहिले साथीभाइबीच चल्ने ठट्टा अहिले ‘मिम कल्चर’ भनेर चिनिन्छ । 

यस परिवर्तनले हाम्रो भाषा र संस्कृतिमा नयाँ सम्भावना पनि ल्याएको छ । नेपाली थेगो, स्थानीय बोली, लोकगीत, हाँस्यव्यङ्ग्य र मौलिक अभिव्यक्तिले डिजिटल माध्यमबाट व्यापक दर्शक पाउन सक्छन् । तर अर्कोतर्फ क्षणिक चर्चाको पछि लाग्दा भाषाको मौलिकता हराउने, अरूको नक्कल बढ्ने र अर्थ नबुझी विदेशी शब्द प्रयोग गर्ने प्रवृत्ति पनि देखिन थालेको छ ।

ख्याल गर्नुपर्ने कुरा के हो भने प्रविधिको लय समातेर दौडिँदै गर्दा आफ्नो भाषा, संस्कृति, मौकिलता र विचार जोगाउने सीप र सजगता पनि सँगसँगै हिँडाउनु जरुरी छ ।

खासमा पहिलेको समाजमा मानिस नै हिँड्ने ‘सञ्चारमाध्यम’ थिए । आज प्रविधिले मानिसको आवाज, विचार, फेसन र थेगोलाई तीव्र गतिमा संसारभर पुर्याउँछ । माध्यम बदलिएको छ, गति बदलिएको छ, तर एउटा कुरा बदलिएको छैन, मानिसले नयाँ कुरा सिर्जना गर्छ, अरूले त्यसलाई अपनाउँछन् र समाजले त्यसलाई चलन बनाउँछ । भलै अचेल त्यस्तो चलन निकै क्षणिक हुन थालेको छ । 

फ्रान्सेली दार्शनिक रोलाँ बार्थले आफ्नो पुस्तक ‘द ल्याङ्ग्वेज अफ फेशन’ मा फेशन र भाषाको सम्बन्धबारे ठूलो विश्लेषण गरेका छन् । उनको अनुसन्धानअनुसार जसरी कपडाका रङ, कटाई र डिजाइनले मानिसको वर्ग वा विचार झल्काउँछ, ठ्याक्कै त्यसैगरी समाजमा चल्ने थेगो वा ‘स्ल्याङ’ले पनि मानिस कुन समूह वा उपसंस्कृतिको हो भन्ने कुराको सङ्केत गर्छ ।

अध्ययनहरूका अनुसार, टिकटक र इन्स्टाग्रामजस्ता सामाजिक सञ्जालले गर्दा कपडाको फेशनजत्तिको तीव्र गतिमा परिवर्तन हुन्छ, ‘थेगो’ वा ‘भाइरल भनाइ’ हरू पनि त्यत्तिको नै छिटो बदलिन थालेका छन् । 

हिजोका दिनमा एउटा थेगो स्थापित हुन वर्षौं लाग्थ्यो भने आज सामाजिक सञ्जालका कारण केही हप्तामै नयाँ थेगो युवापुस्ताको फेशन बन्न पुग्छ । समाजशास्त्री जर्ज हर्बर्ट मिडको सिम्बोलिक इन्टरएक्सनिज्म सिद्धान्त अनुसार मानिसले समाजमा आफ्नो छुट्टै पहिचान बनाउनका लागि नयाँ लुगा (फेशन) र नयाँ थेगो दुवैलाई एकैसाथ हतियारको रूपमा प्रयोग गर्छन् ।

ख्याल गर्नुपर्ने कुरा के हो भने प्रविधिको लय समातेर दौडिँदै गर्दा आफ्नो भाषा, संस्कृति, मौकिलता र विचार जोगाउने सीप र सजगता पनि सँगसँगै हिँडाउनु जरुरी छ ।

Share News