नेशनल लाइफको सञ्चालकमा विनय रमण पौडेल र सरस्वती अधिकारी नियुक्त

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालकमा विनय रमण पौडेल र सरस्वती अधिकारी नियुक्त भएका छन् ।

कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई दिएको जानकारीअनुसार राष्ट्रिय वाणिज्य बैंकका तर्फबाट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पौडेललाई नेशनल लाइफको सञ्चालकमा नियुक्त गरिएको हो । राष्ट्रिय वाणिज्य बैंकको भदौ २९ गतेको पत्रअनुसार पौडेल सञ्चालक नियुक्त भएका हुन् ।

त्यस्तै, कम्पनीको सञ्चालक समितिमा रिक्त रहेको एक पदमा अधिकारीलाई नियुक्त गरिएको छ । उनको नियुक्ति आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गराउने गरी निर्णय गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीले असोज २६ गते नेप्सेलाई पत्र पठाउँदै दुवै सञ्चालकको नियुक्तिबारे जानकारी गराएको हो । 

Share News