टाइम्स इनर्जीका १५ संरचना बगायो, १८ जना कर्मचारी सुरक्षित

काठमाडौं । गोरखाको सल्लेरीस्थित टाइम्स इनर्जी प्राइभेट लिमिटेडमा बुढीगण्डकी नदीको आकस्मिक बाढीले ठूलो भौतिक क्षति पुर्याएको छ ।

बाढीका कारण कम्पनीका ९ वटा ब्लक र ६ वटा सार्वजनिक भवन बगेका छन् ।

स्थानीयले बाढी आउन लागेको सूचना दिएपछि आयोजनामा कार्यरत १८ जना कर्मचारी सुरक्षित स्थानमा पुगेर ज्यान जोगाउन सफल भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

कर्मचारीहरूको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर परिचालन गर्ने तयारी भइरहेको छ । यसैबीच, सेनाको टोलीले  ६ जनालाई हवाई उद्धार गरिसकेको जनाएको छ ।

घटनापछि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोली उद्धार तथा राहत कार्यमा परिचालित भएका छन् ।

Share News