नेपाल इन्स्योरेन्सको केन्द्रीय कार्यालय आफ्नै भवनमा स्थानान्तरण

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले केन्द्रीय कार्यालय काठमाडौंको कमलादीस्थित अमिर भवनबाट आफ्नै नवनिर्मित भवनमा स्थानान्तरण गर्ने भएको छ । कम्पनीले आज आइतबार (असोज २५ गते) देखि नयाँ भवनबाट नियमित सेवा प्रवाह हुने जनाएको छ ।
 
काठमाडौं महानगरपालिका-२८, कमलादीमा रहेको कम्पनीको नवनिर्मित भवनबाट केन्द्रीय कार्यालयको कामकाज सञ्चालन हुने कम्पनीले स्पष्ट पारेको छ । 

यसअघि कम्पनीको केन्द्रीय कार्यालय सोही क्षेत्रमा रहेको अमिर भवनबाट सञ्चालन हुँदै आएको थियो । कार्यालय स्थानान्तरणसँगै सेवाग्राहीले अब कमलादीस्थित कम्पनीको आफ्नै भवनमा पुगेर सेवा लिन सक्नेछन् ।

Share News