काठमाडौं । प्रहरीले काठमाडौंको बुढानीलकण्ठबाट २० किलो बढी सुन बरामद गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले बिहीबार (आज) सुन बरामद गरेको हो ।
प्रहरीले विशेष सूचनाको आधारमा सुन पक्राउ गरेको जनाएको छ ।
बरामद सुनमध्ये ११ किलो तयारी अवस्थाको र १० किलो बढी प्रशोधन गर्ने तयारीमा राखिएको अवस्थामा फेला परेको हो ।
शुक्रबार दिउँसो पत्रकार सम्मेलन गरेर थप जानकारी गराउने तयारी गरिएको प्रहरीले जनाएको छ ।