बालेन भन्छन् - खुला मञ्च राम्रो बनाउनाले नयाँ पार्टीले गाली गर्न पाएका छन्

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले खुलामञ्च राम्रो बनाएका कारणले नेपाली कांग्रेसले १५ औं महाधिवेशन गर्न पाएको तर्फ संकेत गरेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत् यस्तो संकेत गरेका हुन् ।

प्रधानमन्त्री शाहले भनेका छन्, ‘धन्न खुला मञ्च राम्रो बनाइएछ, नयाँ पार्टीले कार्यक्रम गरेर गाली गर्न पाएका छन् !’

कांग्रेसले आइतबार (आज) महाधिवेशन उद्घाटन समारोह खुलामञ्चमा गरेको थियो । 

काठमाडौं महानगरको प्रमुख भएका बेला बालेनले खुलामञ्च व्यवस्थित पारेका थिए । 

Share News