कांग्रेस सभापतिको मनोनयन शुल्क ४० हजार, असोज २२ गते मतदान

यस्तो छ निर्वाचन तालिका

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले पार्टीको १४औं महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि आधिकारिक निर्वाचन कार्यतालिका तथा उम्मेदवार मनोनयन दस्तुर सार्वजनिक गरेको छ । 

प्रकाशित कार्यतालिका अनुसार असोज १९ गते बेलुका मतदाता नामावली प्रकाशन गरी असोज २० गते बिहान १०ः०० देखि दिउँसो ३ः०० बजेसम्म उम्मेदवारीका लागि दरखास्त/मनोनयन दर्ताको समय तोकिएको छ । 

असोज २१ गते बिहान उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी असोज २२ गते बिहान ७ः३० देखि बेलुका ५ः०० बजेसम्म राष्ट्रिय सभा गृह, खुल्लामञ्च र प्रज्ञा भवनमा प्रदेशगत विभाजन

अनुसार मतदान हुनेछ । मतदान सकिएलगत्तै मतगणना गरी परिणाम घोषणा गरिने समितिले जनाएको छ । 

निर्वाचन समितिले उम्मेदवारी मनोनयन दस्तुर समेत निर्धारण गरेको छ । जसअनुसार सभापति पदका लागि ४० हजार रूपैयाँ, उपसभापति र महामन्त्री पदका लागि ३० हजार रूपैयाँ, सहमहामन्त्री पदका लागि २० हजार रूपैयाँ र केन्द्रीय सदस्य पदका लागि ११ हजार रूपैयाँ दस्तुर तोकिएको छ । 

उम्मेदवारी दर्ता गर्दा सभापतिमा १० जना, उपसभापति र महामन्त्रीमा ७/७ जना, सहमहामन्त्रीमा ५ जना र केन्द्रीय सदस्यमा ३ जना प्रस्तावक तथा समर्थक हुनुपर्ने व्यवस्था गरिएको छ । 

साथै, उम्मेदवार वा उनका समर्थकले फोटो, नाम वा चुनाव चिन्ह अंकित टोपी, टिसर्ट, ज्याकेट वा अन्य प्रचार सामग्री लगाउन नपाउने र मतदान स्थल आसपासमा फ्लेक्स प्रिन्ट राख्न निषेध गर्दै आचारसंहिताको पूर्ण पालना गर्न समितिले निर्देशन दिएको छ ।

nullnull

null

Share News