काठमाडाैं । नेपाली कांग्रेसको १५औं महाधिवेशन आइतबारदेखि काठमाडौंमा सुरु भएको छ।
‘परम्पराको सम्मान र परिवर्तनको संकल्पस् समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ भन्ने नाराका साथ आयोजना गरिएको महाधिवेशनको उद्घाटन सत्र खुलामञ्चमा सुरु भएकाे हाे ।
महाधिवेशनको बन्दसत्र सोमबार र मंगलबार सञ्चालन हुनेछ भने नयाँ नेतृत्व चयनका लागि असोज २१ र २२ गते निर्वाचन हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ।