काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत झापा निर्वाचन क्षेत्र नम्बर २ बाट दलित क्लस्टरतर्फ बिरु दर्नाल सर्वसम्मत महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् । अन्य क्लस्टर तथा खुलातर्फका प्रतिनिधि भने मतदानमार्फत चयन भएका छन् ।
क्षेत्रीय अधिवेशनबाट कोशी प्रदेश सभापति उद्धव थापासहित खुलातर्फ १० जना महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् । खुलातर्फ उद्धव थापा, आनन्दकुमार बस्नेत, खगेन्द्र मैनाली, छत्र गिरी, दीपक तामाङ, जल गुरुङ, दीपेन्द्र ढकाल, भोजराज सिटौला, मनोज प्रसाईँ र वीरमणी ढकाल निर्वाचित भएका हुन् ।
यसैगरी, शहीद परिवारतर्फ शमशेर गिरी र श्रमिकतर्फ राजु राजवंशी महाधिवेशन प्रतिनिधि चयन भएका छन् । पेसागततर्फ विज्ञान प्रसाईँ तथा युवातर्फ सञ्जय राई र मिलन चापागाईं निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
समावेशीतर्फ महिलामा उमा शिवाकोटी, प्रभा नेपाल, सीता पौडेल र मेनुका ओली निर्वाचित भएका छन् ।
निर्वाचन समितिका अनुसार अपाङ्गता भएका व्यक्तितर्फ उत्सव ढकाल, अल्पसंख्यकतर्फ याम भुजेल, दलित महिलातर्फ मनमाया विक, समावेशी महिलातर्फ निर्मला गुरुङ र आदिवासी पुरुषतर्फ किरण श्रेष्ठ निर्वाचित भएका छन् । खस–आर्य महिलातर्फ रञ्जीता कार्की र अञ्जु पाण्डे महाधिवेशन प्रतिनिधि निर्वाचित भएको समितिले जनाएको छ ।
निर्वाचन समितिका अनुसार झापा–२ मा खुला तथा विभिन्न समावेशी क्लस्टरबाट महाधिवेशन प्रतिनिधि चयन गर्ने प्रक्रिया सम्पन्न भएको हो ।