काठमाडौं । मनाङको नार-फू क्षेत्रमा पर्ने ७ हजार १२६ मिटर अग्लो हिमलुङ हिमालमा हिमपहिरो जाँदा १० जना आरोही तथा सहयोगी सम्पर्कविहीन भएको बताइएको छ।
एक्सपिडिसन अपरेटर्स एसोसिएसन नेपालका महासचिव ऋषि भण्डारीले हिमपहिरोमा परी १० जना सम्पर्कविहीन भएको पुष्टि गरेका छन् । उनका अनुसार इम्याजिन नेपाल प्रालिका २ जना र हिमालयन होलिडेज नेपालका ८ जना सम्पर्कविहीन भएका हुन्।
घटनापछि उनीहरूको अवस्थाबारे जानकारी लिन तथा उद्धारका लागि आवश्यक समन्वय भइरहेको छ। यद्यपि, हिमपहिरो गएको स्थान र सम्पर्कविहीन भएका आरोही तथा सहयोगीको अवस्थाबारे विस्तृत विवरण अझै प्राप्त हुन सकेको छैन ।