काठमाडौंबाट चोरेका टयाक्टर काभ्रेमा लगेर बेच्ने बाउछोरा पक्राउ

काठमाडौं। काठमाडौंको स्वयम्भू क्षेत्रबाट चोरी भएका हाते ट्याक्टर (पावर टिलर) चोरी गर्ने बाउछोरासहित पाँच जना पक्राउ परेका छन् ।

बिहीबार स्वयम्भू क्षेत्रबाट हाते ट्याक्टर चोरी भएको सूचनाका आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले भक्तपुरको मध्यपुर थिमीबाट चोरीका १४ थान ट्याक्टर र बा ३१ प २१५९ नम्बरको मोटरसाइकल बरामद गरेको हो।

प्रहरीले भक्तपुर चाँगुनारायण नगरपालिका–५ का ४१ वर्षीय राजु मचामसी, २१ वर्षीय राजेश मचामसी र १९ वर्षीय राजन मचामसीलाई पक्राउ गरेको छ।

त्यस्तै, रौतहट परोहा नगरपालिका–५ घर भई भक्तपुरको बोडेमा कवाड सञ्चालन गर्ने ३५ वर्षीय राजेश्वर जैसवाल र काभ्रे पाँचखाल नगरपालिका–४ घर भई कवाड सञ्चालन गर्ने ४८ वर्षीय बिपिन कुमार शाही पनि पक्राउ परेका हुन् ।

ट्याक्टर चोर्ने गिरोह पक्राउ, बाबु संलग्न भएको प्रहरीले जनाएको छ । उनीहरूले काठमाडौंमा चोरी गरि ललितपुर भक्तपुर र काभ्रेपलान्चोक सम्म पुर्याई बेचबिखन गर्ने गरेका थिए ।

चोरीसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई प्रहरी वृत्त स्वयम्भूले थप अनुसन्धान गरिरहेको काठमाडौं परिसरका प्रवक्ता दानबहादुर थापाले जानकारी दिए ।

Share News