कार्यवाहक प्रधानमन्त्री डा. वाग्ले र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बाउल्डिनबीच भेटवार्ता

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री डा. स्वर्णिम वाग्लेसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बाउल्डिनले अर्थ मन्त्रालयमा शिष्टाचार भेटवार्ता गरेका छन् । 

भेटका क्रममा दुई देशबीचको आर्थिक चासोका विषयमा छलफल भएको थियो । 

सो भेटमा अर्थ सचिव डा. घनश्याम उपाध्यायसहित अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयका अधिकारीहरू तथा नेपालस्थित अमेरिकी दूतावासका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

Share News