मिड सोलु हाइड्रोपावरको १५.७८ प्रतिशत लाभांश घोषणा

काठमाडौं । मिड सोलु हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई १५.७८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीको असोज ५ गते बसेको सञ्चालक समितिको बैठकले १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावअनुसार कम्पनीले ८६ करोड ६ लाख ६० हजार रुपैयाँ चुक्ता पूँजीका आधारमा करिब १२ करोड ९० लाख ९९ हजार रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्नेछ । बोनस सेयरमा लाग्ने कर तिर्न ६७ लाख ९४ हजार ६८४ रुपैयाँ बराबरको नगद लाभांश पनि वितरण गरिनेछ ।

कम्पनीले प्रस्तावित लाभांश विद्युत नियमन आयोगबाट स्वीकृति प्राप्त भएपछि र आगामी पाँचौँ वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि सेयरधनीलाई वितरण गरिने जनाएको छ ।

Share News