काठमाडौं । नेपाली कांग्रेसले १५औं केन्द्रीय महाधिवेशनअन्तर्गत वडा अधिवेशन प्रक्रिया उत्साहजनक रूपमा अघि बढेको जनाएको छ ।
कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयअनुसार असोज १६ देखि १९ गतेसम्म १५औं केन्द्रीय महाधिवेशन हुँदैछ ।
महाधिवेशनअन्तर्गत असोज ५ गतेसम्म ६३ जिल्लामा वडा अधिवेशन सम्पन्न भएको कांग्रेसले जनाएको छ ।
कांग्रेसका अनुसार ताप्लेजुङ, पाँचथर, इलाम, संखुवासभा, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, सोलुखुम्बु, उदयपुर, ओखलढुंगा, झापा, सुनसरी, बारा, दोलखा, रामेछाप, सिन्धुली, काभ्रेपलाञ्चोक, चितवन, मकवानपुर, भक्तपुर, ललितपुर, काठमाडौं, गोरखा, लमजुङ, तनहुँ, कास्की, मनाङ, मुस्ताङ, स्याङ्जा, म्याग्दी, नवलपुर, पाल्पा, अर्घाखाँची, गुल्मी, रुकुम पूर्व, रोल्पा, प्युठान, बाँके, बर्दिया, रुकुम पश्चिम, सल्यान, डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालिकोट, जाजरकोट, दैलेख, सुर्खेत, बाजुरा, बझाङ, दार्चुला, बैतडी, कञ्चनपुर, सिन्धुपाल्चोक, पर्सा, पर्वत, बागलुङ, कपिलवस्तु, डोटी, दाङ र कैलालीमा वडा अधिवेशन सम्पन्न भएको हो ।
त्यस्तै, धनुषा क्षेत्र नम्बर ४, मोरङ क्षेत्र नम्बर ६, नवलपरासी क्षेत्र नम्बर २, सप्तरी क्षेत्र नम्बर २ र ४, सिरहा, रौतहट क्षेत्र नम्बर १ तथा सर्लाही क्षेत्र नम्बर २ का वडामा अधिवेशन अन्तिम चरणमा पुगेको कांग्रेसले जनाएको छ ।
अछामका तीन, डडेल्धुराका चार, रुपन्देहीका तीन र महोत्तरीका आठ वडामा अधिवेशन हुन बाँकी रहेको छ ।
कांग्रेसका अनुसार धादिङ, नुवाकोट तथा असोज ५ गतेसम्म अधिवेशन सम्पन्न हुन बाँकी रहेका वडाहरूमा असोज ६ गते मंगलबार अधिवेशन प्रक्रिया जारी रहनेछ ।