राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ

काठमाडौं  । राजनीति विश्लेषक, चिन्तक तथा त्रिमुल नेपालका अध्यक्ष भरत दाहाल पक्राउ परेका छन् । 

मोरङको बेलबारीस्थित प्रहरी कार्यालयले उनलाई पक्राउ गरेको हो ।

आइतबार बिहान राजनीतिक छलफलका लागि मोरङ पुगेका दाहाललाई  सुन्दरहरैचा-८ सलकपुरबाट पक्राउ गरिएको हो  ।

मोरङ जिल्ला प्रहरी कार्यालयका अनुसार काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा दाहाललाई  पक्राउ गरिएको हो ।

Share News