काठमाडौंका विभिन्न क्षेत्रमा १० दिनसम्म बिजुली कटौती हुने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले टेकु सबस्टेसनमा पुराना रिले हटाएर नयाँ रिले जडान तथा परीक्षण गर्नुपर्ने भएकाले काठमाडौंका विभिन्न क्षेत्रमा विद्युत आपूर्ति प्रभावित हुने जनाएको छ ।

प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयअन्तर्गत सञ्चालित लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाले टेकु सबस्टेसनको ११ केभी प्यानलमा रिले रेट्रोफिट, एसएएस जडान तथा परीक्षणको काम गर्न लागेको हो ।

उक्त कार्यका कारण १३२ केभी टेकु सबस्टेसनबाट विद्युत आपूर्ति हुने विभिन्न वितरण केन्द्रअन्तर्गतका फिडरबाट आपूर्ति हुने क्षेत्रमा असोज ४ गतेदेखि चरणबद्ध रूपमा विद्युत सेवा अवरुद्ध वा प्रभावित हुने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार असोज ४ गतेदेखि असोज १४ गतेसम्म काठमाडौंका विभिन्न क्षेत्रमा फरक-फरक समयमा विद्युत आपूर्ति प्रभावित हुनेछ ।

null

Share News