३.७५ प्रतिशत लाभांश बाड्ने एनआईएमबिको घोषणा

काठमाडौं । एनआईएमबि स्टक मार्केट्स लिमिटेडले सेयरधनीलाई ३.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।

कम्पनीको सञ्चालक समितिको असोज १ गते बसेको बैठकले गत आर्थिक वर्ष २०८२/८३ को नाफा तथा सञ्चित कोषबाट चुक्ता पुँजीको ३.७५ प्रतिशत, करसहित हुन आउने २ करोड २५ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

लाभांश प्रस्ताव पारित गर्न कम्पनीले असोज २६ गते दिउँसो साढे ३ बजे काठमाडौंको कमलादीस्थित आईटी प्लाजामा रहेको कम्पनीको रजिस्टर्ड कार्यालयमा चौथो वार्षिक साधारणसभा बोलाएको छ ।

सभाले अध्यक्षको मन्तव्यसहित सञ्चालक समितिको गत आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८२ असार मसान्तको वासलात तथा आर्थिक वर्ष २०८२/८३ को नाफा-नोक्सान हिसाब, सोही अवधिको नाफा-नोक्सान बाँडफाँट हिसाब, नगद प्रवाह विवरणलगायत सम्बन्धित वित्तीय विवरण पारित गर्नेछ ।

त्यस्तै, सभाले चालु आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्नेछ । कम्पनीको प्रचलित कानुन, नियमावली तथा सम्बन्धित नियामकीय व्यवस्था बमोजिम स्वतन्त्र सञ्चालकको नियुक्तिसमेत अनुमोदन गर्नेछ ।

Share News