काठमाडौं । मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा तीन जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । बुरको बाग्मती गाउँपालिका-१ घर भई हाल काठमाडौंको बनस्थली बस्ने २२ वर्षीय सन्देश बल रहेका छन् ।
काठमाडौंको नागार्जुन नगरपालिका-१ श्रीनगरबाट गत साउन १८ गते बा ८७ प ९२० नम्बरको मोटरसाइकल हराएको भन्दै गोरखाको भीमसेनथापा गाउँपालिका-५ का विनक श्रेष्ठले खोजतलासका लागि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिएका थिए ।
प्रहरीले खोजतलासका क्रममा उक्त मोटरसाइकलको नम्बर परिवर्तन गरी बा ८० प १४३७ नम्बर राखेर गुहेश्वरीस्थित ड्रीम बाइक रिकन्डिसनमा लुकाएर राखेको अवस्थामा पुरकुटी र गुरुङलाई नियन्त्रणमा लिएको हो ।
उनीहरूले उक्त मोटरसाइकल सन्देश बलसँग १७ हजार रुपैयाँमा किनेको बयान दिएपछि प्रहरीले बललाई पनि काठमाडौंको रानीबारीबाट पक्राउ गरेको हो ।
मोटरसाइकलसहित पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त स्वयम्भू पठाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले बताएका छन् ।
ट्राफिक प्रहरीले सवारीसाधन सुरक्षित स्थानमा पार्किङ गर्न तथा पाङ्ग्रा ताल्चा, चेन ताल्चा, ह्यान्डल ताल्चा, डिस्क ताल्चा र सुरक्षा साइरनजस्ता उपकरण प्रयोग गर्न आग्रह गरेको छ ।
मानिसको आवतजावत नहुने एकान्त स्थानमा सवारीसाधन पार्किङ नगर्न पनि अनुरोध गरिएको छ । सवारीसाधन हराएमा ट्राफिक प्रहरीको हटलाइन १०३ वा नेपाल प्रहरीको हटलाइन १०० मा तत्काल फोन गरी विवरण उपलब्ध गराउन तथा नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने प्रहरीले जनाएको छ ।