काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंमा एक महिनामा ८ सय ८१ वटा मुद्दा दर्ता भएको छ । प्रहरी परिसरका अनुसार विभिन्न अपराधमा संलग्न भएको अनुसन्धानमा खुलेपछि भदौँमा मात्र ८ सय ८१ मुद्दा दर्ता गरिएको छ ।
जघन्य तथा गम्भीर अपराध १ सय १३, महिला बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित ४८, चोरी सम्बन्धी अपराध १३९, आर्थिक अपराध ३८१ र अन्यमा १९७ मुद्दा दर्ता भएको छ । सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दा दर्ता १ र हुण्डी सम्बन्धी कसुरमा २ वटा मुद्दा दर्ता भएको प्रहरी परिसरले जनाएको छ ।
त्यसैगरी, काठमाडौंमा एक महिनामा ३ सय १ जना मानिस हराएका छन । काठमाडौं जिल्ला प्रहरी परिसरका अनुसार भदौँमा ३ सय १ मानिस हराएका हुन् । ८६ महिला, ७७ पुरुष, ५८ बालक र ८० बालिका हराएका हुन् ।
त्यसैगरी, प्रहरीका अनुसार २ सय ४६ जना मानिस फेला परेका छन् । ७१ महिला, ५७ पुरुष, ५० बालक र ६८ बालिका फेला परेको प्रहरी परिसरले जनाएको छ । यस्तै विभिन्न खालका अपराधमा संलग्न भएको आशंका प्रहरीले भदौँमा मात्र २ हजार ६७२ जनालाई पक्राउ गरेको हो ।