काठमाडौं । काठमाडौंमा एक महिनामा ३ सय १ जना मानिस हराएका छन । काठमाडौं जिल्ला प्रहरी परिसरका अनुसार भदौँमा ३ सय १ मानिस हराएका हुन् ।
८६ महिला, ७७ पुरुष, ५८ बालक र ८० बालिका हराएका हुन् । त्यसैगरी, प्रहरीका अनुसार २ सय ४६ जना मानिस फेला परेका छन् । ७१ महिला, ५७ पुरुष, ५० बालक र ६८ बालिका फेला परेको प्रहरी परिसरले जनाएको छ ।
यस्तै विभिन्न खालका अपराधमा संलग्न भएको आशंका प्रहरीले भदौँमा मात्र २ हजार ६७२ जनालाई पक्राउ गरेको हो ।
जसमध्ये २ हजार २६९ पुरुष पक्राउ परेका छन् । विभिन्न समयमा अपराध गरेको वा फरार रहेका आरोपीसहित ४ सय ३ महिलालाई पक्राउ गरेको हो ।