एन्फाका कोषाध्यक्ष जोशी र लेखापाल पाण्डे पक्राउ

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का कोषाध्यक्ष र लेखापाललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नियन्त्रणमा लिएको छ । 

कोषाध्यक्ष रवीन्द्र जोशी र लेखापाल सन्जिव पाण्डेलाई सीआईबीले नियन्त्रणमा लिएको हो । एन्फामा आर्थिक अनियमितता गरेको आरोपमा सीआईबीले अनुसन्धान थालेको सीआईबीका प्रवक्ता अनुपम शमशेर जबराले बताए । 

शुक्रबार दिउँसो एन्फा कार्यालय सातदोबाटोमा गएर सीआईबीले कागजात, कम्प्युटर र मोबाइल पनि बरामद गरेको प्रवक्ता जबराले जानकारी दिए । 

उनका अनुसार पक्राउ परेका दुवै जनालाई सीआईबीको कार्यालय लाजिम्पाट लगिएको छ । सोधपुछ भइरहेको र आवश्यक परे हिरासतमा राखेर अनुसन्धान अगाडि बढाउने सीआईबीको तयारी छ ।

Share News