भारतलाई १०० प्रतिशत ट्यारिफ लगाउने अमेरिकी तयारी

अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्प

काठमाडौं । अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्स रूसविरुद्ध प्रतिबन्धसम्बन्धी विधेयकमाथि मतदान गर्ने तयारीमा पुगेको छ ।

प्रस्तावित कानुनले अमेरिकी राष्ट्रपतिलाई रूसबाट तेल र ग्यास खरिद गर्ने देशमाथि १०० प्रतिशतसम्म ट्यारिफ लगाउने अधिकार दिनेछ । ती देशमध्ये छिमेकी मुलुक भारत पनि समावेश छ ।

‘लिन्डसे ग्राहम स्यान्क्सनिङ रसिया एन्ड इरान एक्ट २०२६’ नाम दिइएको उक्त विधेयक यसअघि नै अमेरिकी सिनेटबाट भारी बहुमतले पारित भइसकेको छ ।

विधेयकमा गरिएको संशोधनमार्फत रूससँग व्यापार गर्ने देशमाथि थप १०० प्रतिशत शुल्क लगाउन सकिने मुलुकको सूचीमा भारतलाई स्पष्ट रूपमा समावेश गर्न प्रस्ताव गरिएको छ ।

विधेयकमाथि बिहीबार मतदान हुने अपेक्षा गरिएको छ । हाउस अफ रिप्रेजेन्टेटिभ्सबाट पनि विधेयक पारित हुने सम्भावना रहेको बताइएको छ ।

Share News