विनोद कुँवर र उत्तर खत्री सचिव पदमा बढुवा

काठमाडौं । सहसचिवद्वय विनोद कुँवर र उत्तरकुमार खत्री नेपाल सरकारको सचिवमा बढुवा भएका छन् ।

मन्त्रिपरिषदको बिहीबार (आज) बसेको बैठकले रिक्त २ सचिव पदमा उनीहरूको बढुवा गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

लोकसेवा आयोगको सिफारिस बमोजिम वरिष्ठताका आधारमा उनीहरूलाई सचिव पदमा बढुवा गरिएको हो ।

कुँवरलाई लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रमुख सचिव साथै खत्रीलाई सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रमुख सचिव पदमा पदस्थापन गर्ने निर्णय पनि गरिएको प्रवक्ता पोखरेलले जानकारी दिए ।

Share News