काठमाडौं । वैशाख १ गतेदेखि भदौ २५ गतेसम्म देशभर भएका विभिन्न विपदका घटनामा परी २ सय ८८ जनाको मृत्यु भएको छ ।
राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको दैनिक विपद बुलेटिन अनुसार उक्त अवधिमा ५ हजार ८ सय ३२ विपदका घटना हुँदा १ हजार ९ सय ३३ जना घाइते भएका छन् भने ७ जना बेपत्ता भएका छन् ।
प्राधिकरणका अनुसार सबैभन्दा धरै सर्पदंशबाट ९१ जनाको मृत्यु भएको छ भने पहिरोबाट ४८, चट्याङबाट २९, बाढीमा परी २९ जना लेक लाग्ने घटनामा २६ जनाको मृत्युु भएको प्राधिकरणले जनाएको छ । त्यस्तै आगलागीमा २३ जना, जनावरको आक्रमणबाट १९ जना, चट्याङबाट करेन्ट लाग्ने घटनामा १९ जना र हावाहुरीमा १३ परी १३ जनाको मृत्यु भएको छ।
प्राधिकरणका अनुसार भूकम्पमा ४ जना, वन डढेलोमा १ जना, हिउँ पहिरोमा १ जना, खानसम्बन्धी घटनामा १ जना र विद्युतीय घटनामा १ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख छ । यो अवधिमा विपदका घटनाबाट ७ हजार १ सय ८७ परिवार प्रभावित भएका छन् ।