सुनको भाउ तोलामा ३ हजार ४ सय रुपैयाँ बढ्यो

काठमाडौं । बिहीबार सुनको मूल्य तोलामा ३ हजार ४ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार ८ सय रुपैयाँ पुगेको छ । बुधबार सुन प्रतितोला ३ लाख २ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । बिहीबार चाँदीको भाउ प्रतितोला १०५ रुपैयाँले बढेर ४ हजार ८ सय ५५ रुपैयाँ पुगेको छ ।

बुधबार चाँदी प्रतितोला ४ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

Share News