काठमाडौं । काठमाडौंको नरेफाँटमा घरमा कोही नभएको मौका छोपी सुन तथा चाँदीका गरगहना चोरी गर्नेहरू चार जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–३२ जडीबुटी बस्ने २९ वर्षीया सावन कुशवाहा, ३६ वर्षीया पवित्रा लिम्बु, २५ वर्षीय श्रीकृष्ण विश्वकर्मा र ४३ वर्षीया रमिला विक पक्राउ परेका हुन् ।
उनीहरू चोरीका गरगहना खरिद गर्ने कार्यमा संलग्न रहेको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा चोरी गर्ने एक जना र चोरीका गरगहना खरिद गर्ने तीन जना रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
काठमाडौं महानगरपालिका–३२ नरेफाँटस्थित एक घरबाट बिहीबार कोही नभएको मौका छोपी प्रवेश गरी दराजमा राखिएका सुन तथा चाँदीका गरगहना चोरी गरी फरार भएको घटनाको अनुसन्धानका क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।
घटनामा संलग्न व्यक्तिको खोजी गर्ने क्रममा प्रहरी टोलीले मंगलबार काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट चार जनालाई पक्राउ गरेको जनाएको छ।
पक्राउ परेकाहरुलाई आवश्यक कानुनी कारबाहीका लागि प्रहरी वृत्त बानेश्वर तथा जिल्ला प्रहरी परिसर भद्रकाली, पठाइएको छ ।