काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज दिउँसो ३ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने बैठकमा समसामयिक विषयका साथै रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछिको अवस्थाबारे विशेष छलफल हुने जनाइएको छ ।
भदौ १० गते भोटेकोशीमा आएको बाढीपछि सरकार खोज, उद्धार, उपचार, राहत तथा प्रभावित नागरिकको पुनःस्थापनामा जुटिरहेको छ ।
प्रधानमन्त्रीले बाढी प्रभावित क्षेत्रमा भइरहेको खोज तथा उद्धार अभियान, राहत वितरण र पुनःस्थापनाका कामलाई थप प्रभावकारी बनाउने तथा आवश्यक निर्णय लिन मन्त्रिपरिषद् बैठक बोलाएको स्रोतले जनाएको छ ।