मकवानपुर । जिल्ला भूमि समस्या समाधान समिति मकवानपुरले मकवानपुरगढी गाउँपालिका–३ का ६ भूमिहीन सुकुम्बासी परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको छ ।
लामो समयदेखि आफ्नो नाममा जग्गा नभएका परिवारले लालपुर्जा पाएसँगै उनीहरू कानुनी रूपमा जग्गाधनी बनेका छन् ।
लालपुर्जा पाएपछि आफूहरूले वर्षौंदेखि भोग्दै आएको जग्गामा कानुनी स्वामित्व प्राप्त भएको भन्दै लाभग्राही परिवार खुसी भएका छन् ।
सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई प्राथमिकतामा राख्दै आएको छ ।
उनीहरूलाई कानुनी रूपमा जग्गाधनी बनाउने लक्ष्यअनुसार लालपुर्जा वितरणको कामलाई प्रभावकारी रूपमा अघि बढाइएको हो ।
भूमिसम्बन्धी समस्या दीर्घकालीन रूपमा समाधान गर्दै भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाको स्वामित्व प्रदान गर्ने सरकारको नीति छ ।