काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले रसुवा बाढीपछिको पुनरुत्थान तथा आवश्यकताको आकलनबारे विकास साझेदारहरूसँग छलफल गरेका छन् ।
सिंहदरबारस्थित अर्थ मन्त्रालयको सुवर्ण हलमा सुरु भएको स्थानीय विकास साझेदारहरूको बैठकमा प्रमुख दातृ निकायका २० भन्दा बढी मिसन प्रमुख तथा कन्ट्री डाइरेक्टरहरूको सहभागिता रहेको छ ।
बैठकमा रसुवा बाढीपछिको खोज, उद्धार तथा प्रारम्भिक पुनरुत्थानका साथै द्रुत विपद् आवश्यकता आकलन र क्षति मूल्यांकनका विषयमा विस्तृत समीक्षा भइरहेको मन्त्रालयको सचिवालयले जनाएको छ ।
बाढीबाट प्रभावित क्षेत्रमा तत्कालीन राहत तथा उद्धारसँगै पुनःनिर्माण र दीर्घकालीन पुनरुत्थानका लागि आवश्यक स्रोत तथा सहयोग परिचालनबारे समेत बैठकमा छलफल हुने जनाइएको छ ।