बाढीपीडितका लागि धवलागिरि सहकारीको ५ लाख सहयोग

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार र पुनःस्थापनाका लागि धवलागिरि बचत तथा ऋण सहकारी संस्थाले ५ लाख १७ हजार ५ सय रुपैयाँ सहयोग गरेको छ ।

काठमाडौंको सुन्धारास्थित धवलागिरि बचत तथा ऋण सहकारीले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ ।

सहकारीका अनुसार ५ लाख रुपैयाँ संस्थाको तर्फबाट र बाँकी १७ हजार ५ सय रुपैयाँ सञ्चालकहरूको व्यक्तिगत योगदानबाट संकलन गरी राहत कोषमा जम्मा गरिएको हो ।

सहकारीले भोटेकोशी बाढीमा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना जनाएको छ । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उद्धार र राहत कार्यमा खटिएका सुरक्षाकर्मी, स्वयंसेवक तथा सबै सहयोगीप्रति धन्यवाद व्यक्त गरेको छ ।

Share News