काठमाडौं । मेगन बोल्डिनले कार्यवाहक अमेरिकन राजदूतको कार्यभार सम्हाल्ने भएकी छन् ।
नेपालस्थित अमेरिकी दूतावासले कार्यवाहक राजदूतमा मेगन बोल्डिनलाई काठमाडौंमा स्वागत गरेको उल्लेख गरेको छ ।
मेगनले केही महिना कार्यवाहक अमेरिकी राजदूतका रूपमा काम गर्ने छिन् ।
नेपालमा आएको बाढीबाट प्रभावित अमेरिकी नागरिकहरूको उद्धारमा केन्द्रित हुने र नियोग उपप्रमुख स्कट अर्बमसँगको सहकार्यमा प्रतिकार्य र पुनर्लाभमा सहयोग गर्ने यस दूतावासको नेतृत्व दूतावासले जनाएको छ ।
बोल्डिन ढाकास्थित अमेरिकी दूतावासबाट आएकी हुन् । उनी सन् २०२४ को अगस्टदेखि नियोग उपप्रमुखका रूपमा कार्यरत छिन् ।
वरिष्ठ परराष्ट्र सेवाको करिअर सदस्य रहेकी मेगनसँग सङ्कट व्यवस्थापन, कूटनीति र नेतृत्वसम्बन्धी अनुभव रहेको दूतावले उल्लेख गरेको छ ।
उनीसँग युक्रेन, इराक, बङ्गलादेश र वासिङ्टनस्थित अपरेसन्स सेन्टर लगायतमा काम गरेको अनुभव छ ।
राहतको काम जारी रहँदा नेपालमा उनको आगमनले नेपाल सरकार र साझेदारहरूसँग निकट रहेर काम गर्ने अमेरिकाको दीर्घकालीन प्रतिबद्धतालाई दर्साएको दूतावासले जनाएको छ ।