काठमाडौं । हुम्लाको ताँजाकोट गाउँपालिकाको कार्यालयमा आगलागी गर्ने दुई जना पक्राउ परेका छन् । ताँजाकोट गाउँपालिका–४ गल्लाबाडा बस्ने करिब ४७ वर्षीय कृष्णचन्द्र जैसी र सोही गाउँपालिकाको स्वास्थ्य शाखामा कार्यरत ४५ वर्षीय धनराज ढकाल पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार भदौ ७ गते राति करिब १ बजे ताँजाकोट गाउँपालिका–३ टाकुरेस्थित गाउँपालिकाको कार्यालयमा आगलागी भएको थियो ।