काठमाडौं । नेपाल औषधि लिमिटेडको रिक्त महाप्रबन्धक पदमा खुला प्रतिस्पर्धाबाट नियुक्तिका लागि दरखास्त आह्वान गरिएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत कम्पनीको महाप्रबन्धक नियुक्तिका लागि गठित सिफारिस समितिले तोकिएको योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो ।
समितिले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र कार्यालय समयमा मन्त्रालयमा दरखास्त पेस गर्न आग्रह गरेको छ ।
महाप्रबन्धक पदका लागि आवश्यक योग्यता, अनुभव तथा अन्य विवरण मन्त्रालयको वेबसाइटमा उपलब्ध रहेको मन्त्रालयले जनाएको छ ।