सोनापुर मिनरल्सका १ करोड ८४ लाख कित्ता सेयरको लक–इन अवधि सकिँदै

काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडका संस्थापक तथा कर्मचारीको स्वामित्वमा रहेको १ करोड ८४ लाख ६९ हजार ८०० कित्ता सेयरको लक–इन अवधि समाप्त हुने भएको छ ।

कम्पनीले नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार उक्त सेयरको लक–इन अवधि समाप्त हुन लागेको जानकारी गराएको हो ।

कम्पनीका अनुसार कुल ३ करोड ७ लाख ५० हजार ५०० कित्ता सेयरमध्ये संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १ करोड ८४ लाख ५० हजार ३०० कित्ता र कर्मचारीका लागि सुरक्षित गरिएको १९ हजार ५०० कित्ता सेयरको लक–इन अवधि असोज २३ गतेपछि समाप्त हुनेछ ।

यद्यपि, कम्पनीका सञ्चालक तथा उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारीको हकमा भने प्रचलित नियमानुसार सेयर रोक्का रहने कम्पनीले जनाएको छ ।

सोनापुर मिनरल्सको सेयर रजिस्ट्रार एनआईएमबी एस क्यापिटल लिमिटेड रहेको छ ।

Share News