आज काठमाडौंका यी क्षेत्रमा बिजुली कटौती हुने

काठमाडौं । काठमाडौंका विभिन्न क्षेत्रमा आज विद्युत् आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार आज (भदौ २० गते) शनिबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सामाखुसी फिडरअन्तर्गतका विभिन्न क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुनेछ ।

रत्नपार्क वितरण केन्द्रले सामाखुसी फिडरअन्तर्गत प्रिभेन्टिभ मेन्टेनेन्स कार्य गर्न विद्युत् आपूर्ति बन्द गर्न लागेको प्राधिकरणले जनाएको छ । उक्त अवधिमा लैनचौर डीडीसी हुँदै सोह्रखुट्टे ओरालो, ठमेल, गोल्कुपाखा, सामाखुसी, रेडन पुल, कपुरधारा, दक्षिणकाली मन्दिर, रानीबारी, बागमती ड्राइभिङ, सामाखुसी सरकारी ब्यारेक तथा आसपासका क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुनेछ ।

प्राधिकरणले कार्य निर्धारित समयभन्दा अगावै सम्पन्न भएमा विद्युत् सेवा सोहीअनुसार चाँडै सुचारु गरिने जनाएको छ । विद्युत् आपूर्ति बन्द हुँदा पर्न जाने असुविधाप्रति प्राधिकरणले क्षमायाचना गरेको छ ।

Share News