काठमाडौं । राहदानी विभागले विदाको दिन पनि सेवा दिने भएको छ । विभागले भदौ २२ र २३ गते पनि नियमित रूपमा सेवा सञ्चालन गर्ने विभागले जनाएको छ ।
विभागले सूचना जारी गर्दै आगामी २२ र २३ गते सेवाग्राहीलाई प्रदान गरिने सम्पूर्ण सेवाहरू नियमित रूपमा सञ्चालन रहने बताएको छ । विभागले उक्त दिनहरूमा राहदानीसम्बन्धी सेवा लिन चाहने सेवाग्राहीलाई नियमित सेवा सञ्चालन रहने भएकाले आवश्यक प्रक्रिया पूरा गरी सेवा लिन अनुरोध गरेको छ।