सिद्धार्थ बैंकको २५ लाख कित्ताको डिबेन्चर अवधि सकिँदै

काठमाडौं । सिद्धार्थ बैंकले जारी गरेको ‘१०.२५% एसबीएल डिबेन्चर २०८३’ नामक ऋणपत्र आगामी भदौ २५ गते परिपक्व (म्याच्योर) हुने भएको छ ।

बैंकले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई पत्र पठाउँदै उक्त ऋणपत्रको अवधि सकिन लागेको जानकारी दिएको हो ।

बैंकले २०७६ भदौ २६ गते ७ वर्ष अवधिको यो ऋणपत्र बाँडफाँट गरेको थियो । प्रतिकित्ता एक हजार रुपैयाँ अंकित मूल्यका २५ लाख कित्ता ऋणपत्रमा वार्षिक १०.२५ प्रतिशत ब्याजदर कायम गरिएको थियो ।

उक्त ऋणपत्र २०७६ कात्तिक ५ गते नेप्सेमा सूचीकृत भएको थियो । अब भदौ २५ गतेपछि ऋणपत्र परिपक्व हुने भएकाले सूचीकरण सम्झौताअनुसार आवश्यक प्रक्रिया अघि बढाइदिन बैंकले नेप्सेलाई अनुरोध गरेको छ ।

Share News