एनभिडियाका सीईओ जेन्सन ह्वाङद्वारा १ करोड डलर सहयोग, १० अर्ब नाघ्यो कोष

काठमाडौं । एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सन ह्वाङले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १ करोड अमेरिकी डलर (करिब १ अर्ब ५० करोड रुपैयाँ) सहयोग गरेका छन् ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ह्वाङले गरेको सहयोगप्रति हार्दिक आभार व्यक्त गरेका छन् । उनका अनुसार उक्त सहयोग प्राप्त भएसँगै प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा संकलित रकम १० अर्ब रुपैयाँभन्दा बढी पुगेको छ ।

अर्थमन्त्री वाग्लेले यसलाई अभूतपूर्व सहयोग भन्दै ह्वाङप्रति धन्यवाद व्यक्त गरेका छन् ।

Share News