काठमाडौं । काठमाडौंमा शव राख्ने ठाउँ अभाव भएपछि अस्पताल परिसरमा दुर्गन्ध फैलन थालेको छ ।
गत बुधबार रसुवामा आएको बाढीले गर्दा रसुवा र नुवाकोटमा धेरै मानिसले ज्यान गुमाएपछि शव राख्ने ठाउँ अभाव हुँदा दुर्गन्धसमेत फैलन थालेको हो ।
नदी किनारामा भेटिएका शव काठमाडौं ल्याउँदै डिएनए परीक्षण गर्दै र पहिचान गरी शवको व्यवस्थापन गर्न थालिएको छ ।
त्रिवि शिक्षण अस्पतालमा शव राख्ने ठाउँ अभाव हुँदा पशुपतिको शव गृहमा २१ वटा शव राखिएको छ ।
त्रिवि शिक्षण अस्पतालमा शव राख्ने ठाउँ अभाव हुँदा पशुपतिको मर्चरीमा शव राखिएको त्रिवि अस्पताल परिसरमा रहेका एसपी प्रदीप सिंहले जानकारी दिए ।
उनका अनुसार अस्पतालको शव गृहमा शव राख्ने ठाउँ अभाव भएको छ । काठमाडौंमा नुवाकोट र रसुवाबाट शव ल्याइएको छ।
‘शव राख्ने ठाउँ अभाव भएपछि शवको दुर्गन्ध फैलन थालेको छ,’ उनले भने, ‘यहाँ बस्न नसक्ने गरेर शवको दुर्गन्ध फैलन थालेको छ ।’
सिंहले मध्यान्हसम्ममा १६ वटा शव नुवाकोटबाट ल्याइएको जानकारी दिए । अस्पतालको शव गृहबाट १ सय २० वटा शव व्यवस्थापन गर्न लगिएको बताए ।
उनले अस्पतालमा हाल सयभन्दा बढी शव राख्न नसकिने अवस्था रहेको पनि जानकारी दिए ।
उनका अनुसार अस्पताल परिसरमा ल्याइएको २१ शवको पहिचान गरिएको छ । जसमध्ये १३ पुरुष र ८ महिलाको शव पहिचान भइसकेको हो ।
प्रहरीका अनुसार हालसम्म १२ सय ५० भन्दा बढीको शव फेला परिसकेको छ । विभिन्न स्थानबाट ८९७ को शव व्यवस्थापन भइसकेको छ ।