बाढीपीडितको राहत र उद्धारका लागि प्रिमियर सेक्युरिटिजको २० लाख सहयोग

काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको भीषण बाढी र पहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडले २० लाख रुपैयाँ सहयोग गरेको छ ।

कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २० लाख रुपैयाँ जम्मा गरेको हो । बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत र उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको कम्पनीले जनाएको छ ।

प्रिमियर सेक्युरिटिजले प्राकृतिक विपत्तिका कारण भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ ।

कम्पनीले बाढी तथा पहिरोमा परी ज्यान गुमाउने सबै नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ । साथै, घाइते तथा प्रभावित सबैको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

विपद्को कठिन समयमा प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्याउन सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २० लाख रुपैयाँ जम्मा गरिएको कम्पनीले जनाएको छ ।

प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेड नेपाल धितोपत्र बोर्डबाट इजाजतप्राप्त तथा नेपाल स्टक एक्सचेन्ज लिमिटेडको सदस्य रहेको धितोपत्र कारोबार गर्ने संस्था हो ।

Share News