विवाह समारोहमै अमेरिकाले मिसाइल छोड्दा इरानमा १८ जनाको मृत्यु

काठमाडौं । इरानको स्वास्थ्य मन्त्रालयका जनसम्पर्क निर्देशक हुसेन करमानपुरले मंगलबार भएका अमेरिकी हवाई हमलामा मृत्यु हुने र घाइते हुनेको नयाँ तथ्यांक सार्वजनिक गरेका छन् ।

बीबीसीको फारसी सेवाका अनुसार करमानपुरले ती हमलामा मृत्यु हुनेको संख्या १८ पुगेको र १४२ जना घाइते भएको बताएका छन् ।

मृत्यु हुनेमा एक बालक र दुई महिला छन् । घाइतेमध्ये ६१ जना महिला र १८ वर्षमुनिका ४४ जना रहेका छन् ।

अमेरिकाले केही हप्तापछि पुनः इरानमाथि आक्रमण सुरु गरेको हो । बुधबार इरानको सिरिकमा एक विवाह समारोहलाई लक्षित गरी भएको हमलामा सुरुमा चार जनाको मृत्यु भएको खबर आएको थियो ।

इरानी रेड क्रिसेन्टका अनुसार सिरिकमा विवाह समारोह भइरहेका बेला एउटा घरमा अमेरिकी मिसाइलका टुक्रा खसेपछि चार जनाको मृत्यु भएको थियो ।

अमेरिकी सेनाको हमलाको जवाफमा इरानले जोर्डन, कुवेत, इराक र बहराइनमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गर्दै मिसाइल र ड्रोन प्रहार गरेको छ । 

Share News