काठमाडौं । हिमालयन क्यापिटल लिमिटेडले आफ्नो बन्दमुखी म्युचुअल फन्ड योजना ‘हिमालयन ८०–२०’ का इकाइधनीलाई आर्थिक वर्ष २०८२/८३ का लागि करसहित १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
हिमालयन क्यापिटलले योजना व्यवस्थापकको रूपमा सञ्चालन गर्दै आएको हिमालयन म्युचुअल फन्डअन्तर्गतको पहिलो बन्दमुखी योजना ‘हिमालयन ८०–२०’ को आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षण सम्पन्न भएपछि प्रतिफल घोषणा गरेको हो ।
कम्पनीको भदौ १७ गते बसेको सञ्चालक समितिको ८१औँ बैठकले इकाइधनीलाई १५ करोड रुपैयाँ प्रतिफल वितरण गर्ने निर्णय गरेको जनाएको छ ।
उक्त प्रतिफल करसहित १५ प्रतिशतका दरले सम्बन्धित इकाइधनीलाई वितरण गरिने हिमालयन क्यापिटलले नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई जानकारी गराएको छ ।