सेयर बजारमा ४ अर्ब ८८ करोडको कारोबार

काठमाडौं । शुक्रबार सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ८.२३ अंकले बढेर २६३४ बिन्दुमा पुगेको हो । 

नेप्सेका अनुसार १७४ कम्पनीको सेयर मूल्य बढ्दा ९१ कम्पनीको सेयर मूल्य घटेको छ । १२ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन । 

शुक्रबार ३४८ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ८८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबेभन्दा धेरै कारोबार घलेम्दी हाइड्रोको भएको छ । घलेम्दीको २० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । 

साथै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १८ करोड, ग्रिन भेन्चरको १७ करोड र अपि पावरको १५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।   

नेप्सेमा कारोबार भइरहेका उपसूचकमध्ये ९ वटा बढेका छन् भने ४ वटा घटेका छन् । शुक्रबार बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत्, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र म्युचुअल फण्ड उपसूचकमा वृद्धि देखिएको छ ।

नेप्सेका अनुसार बैंकिङ उपसूचक ११.४० अंकले बढेर १ हजार ५७४.४७ विन्दुमा पुगेको छ । विकास बैंक उपसूचक २३.४५ अंकले बढेर ५ हजार ५११.०१ विन्दुमा कायम भएको छ । होटल तथा पर्यटन उपसूचक २१.६२ अंकले बढेर ६ हजार ९१४.०९ विन्दुमा पुगेको छ ।

त्यस्तै, जलविद्युत् उपसूचक १८.५५ अंकले बढेर ३ हजार ५६१.८७ विन्दुमा पुगेको छ । जीवन बीमा उपसूचक ८.०२ अंकले बढेर ११ हजार ९३९.६२ विन्दुमा कायम भएको छ भने उत्पादन तथा प्रशोधन उपसूचक १५.९२ अंकले बढेर १० हजार ५८९.९३ विन्दुमा पुगेको छ ।

लघुवित्त उपसूचक २३.९७ अंकले बढेर ४ हजार ५०७.१७ विन्दुमा पुगेको छ । म्युचुअल फण्ड उपसूचक ०.१४ अंकले बढेर १९.७५ विन्दुमा कायम भएको छ ।

यता, फाइनान्स उपसूचक ५.५४ अंकले घटेर २ हजार १९९.३० विन्दुमा झरेको छ । लगानी उपसूचक ०.०७ अंकले घटेर ९४.८२ विन्दुमा कायम भएको छ। निर्जीवन बीमा उपसूचक १३.९४ अंकले घटेर ९ हजार ५७२.३८ विन्दुमा पुगेको छ भने अन्य उपसूचक ५.३१ अंकले घटेर १ हजार ७७६.०४ विन्दुमा झरेको छ ।

त्यस्तै, व्यापार उपसूचक सबैभन्दा बढी १७.३४ अंकले घटेर ३ हजार १८७.८९ विन्दुमा कायम भएको छ ।

Share News