५ प्रतिशत नगद लाभांश बाँड्ने मुक्तिनाथको घोषणा

काठमाडौं । मुक्तिनाथ क्यापिटल लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट ५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको भदौ ११ गते बसेको बैठकले चुक्ता पुँजीको करसहित ५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

लाभांश वितरण प्रस्ताव पारित गर्न कम्पनीले असोज ८ गते १७औँ वार्षिक साधारणसभा बोलाएको छ । सभा काठमाडौंको लाजिम्पाटस्थित मुक्तिनाथ विकास बैंकको सभाकक्षमा अपरान्ह साढे १२ बजे बस्नेछ । 

सभाले सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका प्रस्तावमाथि छलफल गरी पारित गर्नेछ ।

साथै, चालु आर्थिक वर्ष २०८३/८४ का लागि साविकका लेखापरीक्षक एनबीएसएम एण्ड एशोसिएट्सको पुर्ननियुक्त गर्ने प्रस्ताव सभाले पारित गर्नेछ । यस्तै, सभाले सञ्चालक नियुक्ति अनुमोदन गर्नेछ । 

Share News