काठमाडौं । नेको इन्सुरेन्स लिमिटेडले विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३५ लाख रुपैयाँ सहयोग गरेको छ ।
कम्पनीका तर्फबाट सञ्चालक समिति सदस्य मणि देव भट्टराई र नायब प्रमुख कार्यकारी अधिकृत गणेश लम्सालले अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्रीलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।
प्राकृतिक तथा अन्य विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार र पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले कम्पनीले उक्त रकम प्रदान गरेको जनाएको छ ।
नेको इन्सुरेन्सले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गत विपद्बाट प्रभावित समुदायलाई सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।
कम्पनीले प्रभावित समुदायको राहत तथा पुनःस्थापनाका विभिन्न कार्यमा आफ्नो योगदान निरन्तर जारी राख्ने जनाएको छ ।