त्रिवि अस्पतालमा शव राख्ने ठाउँ अभाव

काठमाडौं ।  त्रिवि शिक्षण अस्पतालमा शव राख्ने ठाउँमा अभाव भएको छ ।  अस्पतालको शव गृहमा क्षमताभन्दा बढी शव भएकाले राख्ने ठाउँ अभाव भएको हो ।

शवगृहमा हाल ७७ वटा बढी शव रहेको अस्पताल परिसरमा रहेका एसपी प्रदीप सिंहले जानकारी दिए ।

उनका अनुसार शव राख्ने ठाउँको अभाव भएको छ । ठाउँ अभाव भएकाले शव गृहको खोजी भइरहेको उनले बताए ।

दुवाकोटको केएमसी वा सैनिक अस्पतालमा राख्ने ठाउँ खोजी गरिने उनले जानकारी दिए । 

उनका अनुसार नुवाकोटबाट २५ वटा शव आइरहेकाले वैकल्पिक स्थानको खोजी भइरहेको छ ।

गत बुधबार रसुवामा आएको  बाढीले ठूलो धनजनको क्षति गरेको छ ।

Share News