एभरेष्ट बैंकको बाढीपीडितलाई ३ करोड ११ लाखभन्दा बढी सहयोग

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि ३ करोड ११ लाख रुपैयाँभन्दा बढी सहयोग गरेको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत २ करोड ५१ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ ।

यस्तै, बैंकका कर्मचारीले ६० लाख ५४ हजार ६०५ रुपैयाँ ३८ पैसा सहयोग गरेका छन् । कर्मचारीको सहयोग रकमसमेत जोड्दा बैंकले सरकारको उद्धार कोषमा कुल ३ करोड ११ लाख ५४ हजार ६०५ रुपैयाँ ३८ पैसा जम्मा गरेको जनाएको छ ।

नगद सहयोगसँगै बैंकका कर्मचारीले आवश्यक राहत सामग्रीसमेत संकलन गरेका छन् । संकलित राहत सामग्री विपद् प्रभावित क्षेत्रमा पठाउन सम्बन्धित निकायलाई प्रत्यक्ष हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।

बैंकले बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त सहयोग गरेको जनाएको छ ।

Share News