अहिले शोक मनाउने समय होइन, खोज तथा उद्धार जारी छ : प्रधानमन्त्री शाह

फाइल तस्बिर ।

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले बुधबार प्रतिनिधि सभाको बैठकमा विपदबारे जानकारी दिँदै अहिले शोक मनाउन समय नभएको बताए। उनले खोज तथा उद्धार जारी रहेको बताएका छन् । 

सम्बोधनका क्रममा उनले अहिले शरीर थकित भयो भनेर विश्राम लिने छुट नभएको बताए ।

‘मन भक्कादिँदा पनि एकआपसमा बिलौना गर्ने समय छैन । संकटको यो घडीमा देशको यो नेतृत्वले आशु होइन जनतालाई हिम्मत, आड, भरोसा दिनुपर्छ भन्ने यथार्थलाई हामीले स्वीकारेका छौं,’ प्रधानमन्त्री शाहले भने । 

उनले भोटेकोसी बाढीले निम्त्याएको विपद्सँग लडिरहेको बताए । ‘हामी विपद्सँग लडिरहेका छौं,’ प्रधानमन्त्री शाहले भने ।

उनले देशको नेतृत्वले आँशु होइन हिम्मत, भरोसा दिनुपर्छ भन्ने यथार्थलाई मनन गरिएको बताए । 

प्रधानमन्त्री शाहले यो विपत्ति देशकै छातीमा वज्रपात भएको बताए ।

Share News